माघ ११ – एण्डी मुर्रे अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । विश्व बरियतामा छैटौं स्थानमा रहेका मुर्रेले ग्रिगोर डिमिट्रोभलाई ६–४ ६–७ ६–३ ७–५ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
तर मुर्रेलाई क्वाटरफाइनमा स्थान बनाउन भने तीन घण्टा ३२ मिनेटसम्म डिमिट्रोभको सामना गर्नु परेको थियो । अब मुर्रेले क्वाटरफाइनमा अस्ट्रेलियन खेलाडी निक किरियोससँग प्रतिस्पर्धा गर्ने छन् ।