ाघ ११ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी संविधानसभाबाट बाहिरिए पनि संविधान निर्माणको काम नरोकिने बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले आइतबार संविधानसभा भवनमा बसेको संसदीय दलको बैठकमा एमाओवादीले संविधानसभा छोडेर आन्दोलनका नाममा जस्तासुकै गतिविधि गरेपनि कुनै पनि हालतमा संविधान बनाउने बताउनुभयो ।
उहाँले एमाओवादी मोर्चामा रहेका सभासदलाई पनि दुई तिहाइ बहुमतको प्रक्रियामा ल्याउने भन्दै २÷४ जनाले विरोध गरेका भरमा संविधान नबनाउने कुरा आफ्नो दललाई मान्य नहुने बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले सहमतिका नाममा एमाले कुनै मायाजालमा नपर्ने भन्दै आफ्नो अडानमा ढलपल नगरी अब बहुमतीय प्रक्रियाबाट संविधान बनाउने बताउनुभयो । उहाँले दुई तिहाइ बहुमतको विरोध गर्ने नाममा आन्दोलन गरेर एमाओवादीले बाघलाई बिरालाले जिस्क्याएजस्तो गरिरहेको भन्दै नाममा आफ्ना कार्यकर्तामाथिको आक्रमण नरोके एमाओवादीले महङगो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।
उहाँले संविधान निर्माणको जिम्मेवारीका कारण एमालेले संयमता अपनाएको भन्दै आफ्ना कार्यकर्तामाथिको आक्रमणमा संलग्न एमाओवादीका कार्यकर्तालाई अपराधी र आतंककारीको शंज्ञा समेत दिनुभयो । उहाँले एमाले कार्यकर्तामाथिको आक्रमणमा संलग्न एमाओवादी कार्यकर्तालाई सरकारले तत्काल गिरफ्तार गरेर मुद्दा नचलाए एमाले आफै प्रतिवादमा उत्रिने बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले माउतेले आफ्नो टाउकोमा चढेर हिर्काएको हात्तीले सहे जसरी एमालेले आफ्ना कार्यकर्तामाथिको आक्रमण कुनै हालतमा नसहने बताउनुभयो । संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र अर्का नेता माधवकुमार नेपालले प्रस्ताव समितिको गठन भएसँगै संविधान निर्माणको गतिरोध हटेको भन्दै सहमतिका नाममा पार्टीले आफ्नो अडान नछोड्ने बताउनुभयो ।