काठमाडौं, कार्तिक १८ – फेसबुकबाट नक्कली प्रोफाईल बनाई अश्लिल मेमेज पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको एक युवकलाई पक्राउ गरिएको छ ।
रामेछाप जिल्ला मन्थली गा.वि.स.वडा नं.४ घर भई हाल काठमाडौंको सिनामंगल बस्ने बर्ष २३ को मंगल बहादुर तामाङ्गलाई पक्राउ गरिएको हो । तामाङ्ग बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि आजै महानगरिय प्रहरी परिसर काठमाडौ पठाइएको छ ।
प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान जारी रहेको बताएको छ ।