ेपाल भेटेरिनरी एसोसियसनमा आबद्ध भेटेरीनरी डाक्टरहरुले मंगलबार प्रधानमन्त्री सुशील कोइराला निवास बलुवाटार घेराउ गरी धर्ना दिएका छन् ।
सरकारले नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५लाई संशोधन गर्न लागेकोमा विरोध जनाउँदै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको थियो । सो ऐन संशोधन विधेयक पारित भएमा परिषदमा गैर भेटिरिनरीहरुको उपस्थिती रहने र गैर भेटेरिनरीयले दक्ष भेटेरिनरीयनको नियमन गर्ने हुदाँ त्यो आफुलाई सहाय नहुने भन्दै विरोध गर्नुपरेको उनीहरुले जानकारी गराए ।
उनीहरुले शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने र भेटेरिनरी डाक्टरहरुको परिषदमा भएको दर्ता खरेजी गर्न लगाउने र सरकारी तथा गैरसरकारी सबै क्षेत्रबाट प्रदान गर्दै आएका सम्पूर्ण भेटेरिनरी सेवाहरु ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्री निवास घेराऊ सगै पशु सेवा विभाग परिसरमा समेत विरोधका कार्यक्रमहरु गरेका थिए । घेराउ र धर्ना कर्यक्रममा करिब २०० जना भेटेरिनरी डाक्टरहरुको उपस्थिती रहेको थियो ।