ललितपुर, चैत्र १९ - देवीचौर जौबारीका ३५ वर्षीया कमला लो (तामाङ) ढाड दुख्ने रोगले ग्रसित छिन् । उनी शनिवार उपचारका लागि हेल्थपोष्ट पुग्न जौबारीमा दुधको गाडीमा सिट चिहार्दै थिए । अरु बिरामीले बल्लतल्ल सिट पाएको बताउदै आफू अब ट्रलीमा धुलो खादै झुन्डिएर जान बाध्य बनेको बताउदै उनी भन्छिन्, 'अब घर र्फकदा सकि नसकि कष्ट खादै हिडेरै आउनुपर्छ ।'
जौबारीका ५३ वर्षीया ज्ञानुमाया लो (तामाङ) छाला रोगका बिरामी हुन् । उनी लेले टिकाभैरवस्थित आनन्दवन अस्पतालमा उपचारका गराइरहेका छन् । प्रत्येक साता उनी क्रमिक उपचारकालागि घण्टै हिडेर वा दुधको गाडीमा चढेर अस्पताल पुग्ने गर्छिन् । उनी भन्छन्, 'के गर्नु बाबु यातायातको समस्याले उपचारका लागि कहिले दुधको गाडीमा त कहिले ट्रलीमा भाडा तिरेर झुन्डिएर अस्पताल पुग्न बाध्य छु ।'
गाडी छुट्यो भने अस्पताल पुग्न तीन घण्टा पदैल हिड्ने उनी बताउछन् । ३६ वर्षीय बिसाल लोक्चन भने चापागाउँमा तोरी पेल्न लान बोरा लिएर ट्रली पर्खदै थिए । 'यातायताको नियमित नचल्दा साधारण किनमेलका लागि बजार पुग्न पनि घण्टै हिड्नुपर्छ,' उनले भने, 'सिन्डिकेटका कारण गाउँमा यातायातको समस्या छ ।' ४३ वर्षीया दिल्लीकुमारी घिमिरेको समस्या पनि उस्तै छ । यी चार जना प्रतिनिघि पात्र मात्र हुन् । उनीहरु जस्तै देवीचौर, घुसेल, भट्टेडाडा लगायत दुर्गम पहाडी भेगका स्थानीयबासिन्दा यातायातको सुविधा नहुदा दैनिक भाडा तिरी दुध र ट्रलीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । साधारण घाउचोट लाग्दा पनि उपचारका लागि हेल्थपोष्ट पुग्न पनि डेढ घण्टा पैदल हिड्नुपर्छ । अझैपनि दुर्गम १९ गाविस मध्ये अधिकास गाविसमा यातायातको सुविधा पुग्न सकेको छैन । यातायात चल्ने गाविसमा पनि वषर्ातको समयमा हिलोले गर्दा ६ महिला गाडी चल्ने ६ महिना चल्दैनन् ।
देवीचौर भएर दैनिक बिहान र बेलुका एउटा/एउटा मात्र बस आवतजावत हुन्छ । टिकाभैरव, बुरुन्चुलि, देवीचौर हुदै घुसेल जाने सडक अझै पिच हुन सकेको छैन । सामान्य कामका लागि बजार पुग्नुपर्दा पनि घण्टै हिड्नुपर्ने स्थानीयबासीहरु बताउछन् । गाउँमा कोहि बिरामी पर्यो भने स्टेचरमा घण्टै बोकि अस्पताल लान बाध्य छन् । ललितपुर मिनिबस व्यवसाय संघका अध्यक्ष नीररत्न नेवाले दुर्गम पहाडी भेगमा गाडी थप्ने भने पनि राम्रो बाटोको व्यवस्था नुहदा समस्या भएको बताए । 'गाडी ठप्न समय मिलाउदै छौ,' उनले भने ।