काठमाडौं,जेठ ३२ – भूकम्पबाट अति प्रभावित
सात जिल्लामा कक्षा १२ को परीक्षा असार १४ देखि र कक्षा ११ को परीक्षा
असार २४ देखि हुने भएको छ । उच्च माध्यमिक शिक्षा परिषदले गोरखा, धादिङ
नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको नयाँ परीक्षा तालिका
सार्वजनिक गरेको हो ।
परिषद्ले गएको २० गतेदेखि ६८ जिल्लामा
सञ्चालन गरेको कक्षा १२ को परीक्षा भने आइतबारदेखि सकिएको छ । यस्तै ६८
जिल्लामा कक्षा ११ को परीक्षा मंगलबारदेखि सुरु हुनेछ । 