फिक्सिङ गरेको स्वीकार नगरे बटलाई पूर्ण प्रतिवन्ध गर्ने चेतावनी

जेठ ३२ – म्याच फिक्सिङको आरोपमा १० वर्षे प्रतिबन्ध काटिरहेका पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान सलमान बटलाई आफू म्याच फिक्सिङमा सम्लग्न भएको स्वीकार नगरे प्रतिवन्धलाई  पूर्ण लागु गर्ने पाकिस्तानी क्रिकेट बोर्डले चेतावनी दिएको छ ।
पाकिस्तानी क्रिकेट बोर्ड पिसिबीका एक अधिकारीका अनुसार सलमान वटको वकिलसँग सम्पर्कमा रहेपनि सन् २०१० मा ईंग्ल्याण्डमा भएको खेलका क्रममा म्याच लागेको म्याच फिक्सिङको आरोप उनले अझै स्वीकार गर्न इन्कार गरेका छन् । ईंग्ल्याण्डमा सन् २०१० मा भएको टेष्ट क्रिकेटमा म्याच फिक्सिङ गरेको प्रमाणित भएपछि बट सँगै अन्य दुई पाकिस्तानी क्रिकेटर मोहम्मद अमिर र मोहम्मद आसिफलाई कम्तिमा ५–५ वर्षको प्रतिवन्ध लगाइएको थियो । पिसिबीका अधिकारीले यदि बटले आइसिसीको एन्टि करप्सन कोडको माग पूरा नगरे उनको प्रतिवन्ध ५ वर्ष अझै थप हुने बताएका छन् । 
बटलाई लगाइएको प्रतिवन्ध यस वर्षको सेप्टेम्बरमा समाप्त हुँदैछ । उनीसँगै प्रतिवन्धमा परेका बलर मोहम्मद आमिरले भने फिक्सिङ गरेको स्वीकार नगरेपछि पिसिबीले प्रतिबन्ध सकिनुअघिनै घरेलु क्रिकेट खेल्न अनुमति दिइसकेको छ ।