-गायिका श्रीजना विरही पक्रउ लगत्तै कलाकारको भागाभाग..
Advertisement
काठमाडौं । अबैध ढुकुटी काण्डमा फसेर विभिन्न पेशा व्यावसायका मानिसहरुलाई
ठग्दै आएकी लोक गायिका श्रीजना विरही थापालाई प्रहरीले पक्राउ गरेपछि
ढुकुटी कारोबारका नाइकेहरुको भागाभाग भएको छ ।
ढुकुटी कारोबारमा श्रीजनासँगै लागेका अन्य कलाकारहरु पनि फसीने डरले भाग्न थालेका छन् । दर्जन बढी कलाकारहरु श्रीजनासँग लागेर ढुकुटी काण्डमा संलग्न थिए ।
ढुकुटी कारोबारमा श्रीजनासँगै लागेका अन्य कलाकारहरु पनि फसीने डरले भाग्न थालेका छन् । दर्जन बढी कलाकारहरु श्रीजनासँग लागेर ढुकुटी काण्डमा संलग्न थिए ।
श्रीजनाको पक्राउ भएको
थाहा पाएका केही कलाकार विदेश लागेका छन् भने केही भाग्ने उपाय खोजिरहेका
छन् । श्रीजनाले ढुकुटी खेलेर पैसा फसाएका कलाकारहरुलाई रकम तिर्न कागज
गराएपछि उनीहरु त्रसीत भएका थिए ।
कलाकारहरु करण न्यौपाने,
रामजी खाँड, कर्ण चापागाईं, यम क्षेत्री, प्रज्ञा जोशी लगायतका कलाकार
ढुकुटी खेल्ने कलाकारका रुपमा चिनिएका थिए ।
कलाकारहरुमध्ये कर्ण
यतीबेला सम्पर्क विहीन बनेका छन् । श्रीजनाले नै कर्णलाई ४० लाख तिर्न कागज
गराएकी थिइन् । त्यस्तै म्युजिक कम्पनीका सञ्चालक करण र गायक रामजीले
क्रमशः ५० र १५ लाख डुबाएका थिए ।
