-ढाड दुखेर हैरान हुनु भएको भए यी तरिका अपनाउनुस् जानी राखौ..
Advertisement
धेरैको साझा
समस्या हो । लामो समयसम्म कुर्सीमा बसेर वा निहुरिएर काम गर्नुपर्नेलाई त
यसले झनै सताइरहेको हुन्छ ।मांसपेशी, नशा, हड्डी तथा जोर्नीलगायतमा भएको
पीडाका कारण ढाडको दुखाइ महसुस हुन्छ । ढाड दुख्ने समस्याबाट पीडित हुँदा
काम गर्न निकै कठिनाइ हुन्छ । काममा मन एकत्रित गर्न पनि सकिँदैन । त्यसैले
यसको कारण र समाधानबारे सचेत हुनु आवश्यक छ ।
किन दुख्छ ढाड ?
एउटै काम पटक–पटक दोहोर्याएर गर्दा मांसपेशीमा दबाब पर्छ । यसबाट
मांसपेशीमा चोट पर्ने वा मांसपेशी थाक्ने हुन्छ । यसबाट पिठ्युँमा दुखाइ
महसुस हुन्छ । बढी गह्रौँ वस्तु उठाउँदा पिठ्युँमा बढी जोड पर्छ, जसले
गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।
पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांसपेशी तन्किने, खुम्चिने तथा तनाव
आउने हुन्छ । जसका कारण पनि पिठ्युँमा बढी दुखाइ महसुस हुन्छ । पिठ्युँको
प्राकृतिक स्वरूपमाथि अत्यधिक दबाब वा बढी निहुरिनेलगायतका काम गर्दा पनि
पिठ्युँमा दबाब बढ्न गई पिठ्युँ दुख्ने हुन्छ ।
के गर्ने ?
लामो समयसम्म एउटै काम नगर्नुहोस् वा कुर्सीमा बसिनरहनुहोस् । केही बेर
हिँड्ने, पाइला चाल्ने, कम्मर मर्काउनेलगायतका सामान्य व्यायाम वेला–वेलामा
गर्नुहोस् । शरीरको उचित मुद्रा कायम गर्नुहोस् । बस्दा बढी कुप्रो परेर
नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा केही बेर बस्नुहोस् र
खुट्टालाई आराम दिनुहोस्। बढी गह्रौँ वस्तु नउठाउनुहोस् ।
उठाउँदा भित्ता अथवा अरू वस्तुको आड लिनुहोस् । अनावश्यक रूपमा झुक्ने,
पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रूपमा पटक–पटक उठ–बस नगर्नुहोस् ।
