काठमाडौं, साउन २० – सामाजिक सञ्जाल
फेसबुकमा अपुष्ट तथा व्यक्तिगत लाञ्छना लाग्ने खालको सन्देश पोष्ट गर्ने एक
व्यक्ति पक्राउ परेका छन् । आफ्नो फेसबुक वालमा महिलाप्रति घृणा र द्वेष
फैलाई मानसिक यातना दिने सागर भनिने विष्णुकुमार अधिकारीलाई पक्राउ गरिएको
महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
अधिकारीले फेसबुकमा सन्देश पोष्ट गरेर
‘तपाईहरुको के कस्तो राय प्रतिक्रिया छ ?’ भनि प्रतिक्रिया माग गरेका थिए ।
त्यसको प्रतिक्रिया स्वरुप कमेन्टमा अत्यन्तै अश्लिल वाक्य प्रयोग गरी
महिलाप्रति घृणा र द्वेष फैलाउने काम भएको प्रहरीले आरोप लगाएको छ ।
अधिकारीलाई गएको सोमबार काठमाडौंबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर
काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ । अधिकारी विरुद्ध विद्युतीय
कारोबार मुद्दा अन्तर्गत थप कारबाही हुनेछ ।