काठमाडौं, भदौ ९ – हुम्लामा बुधबार भूकम्प
गएको छ । दिउँसो १ बजेर ३१ मिनेटमा हुम्ला केन्द्र विन्दु बनाएर ४ दशमलव १
रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बस्ती भन्दा टाढा
केन्द्र विन्दु भएर भूकम्प गएकाले कुनै मानवीय क्षती भएको छैन । यो
भूकम्पको वैशाख १२ गते गोरखाको बारपाक केन्द भएर गएको ७ दशमलव ८ रेक्टर
स्केलेको गोरखा भूकम्पसँग कुनै सम्बन्ध नरहेकाले यो पराकम्प नभएर नयाँ
भूकम्प नै भएको केन्द्रले जनाएको छ ।
यसअघि गएको साउन ३० गते ताप्लेजुङ केन्द्र भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।