भिरबाट लडेर एक जनाको मृत्यु

कालिकोट, भदौ १७ – कालिकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । खुलालु– हुम्ला–सिमिकोट सडकखण्ड अन्तर्गत कालिकोटको रकु–२ को खोलेसीमा बाटो बनाउने क्रममा भिरबाट लडेर रकु–४ का २४ वर्षका शिद्ध गिरीको ज्यान गएको हो ।
बिहीबार बिहान बाटो बनाउने क्रममा भिरबाट लडेका गिरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । सरकारले खुलालु–हुम्ला–सिमिकोट को एक सय ९० किलोमिटर सडकखण्ड निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको  छ ।
सेनाले निर्माणको जिम्मा लिएपछि अहिलेसम्म तीन जना कामदार र एक जना नेपाली सेना गरी चार जनाको ज्यान गएको छ ।